लक्ष्मी टोलबासीसँग बानियाँको प्रतिवद्धताः ‘शासक हैन, सेवक भएर काम गर्छौं’
कास्की | बैशाख २४, २०७९
पोखरा: लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उमेद्वारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । लक्ष्मी मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीले उमेद्वारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष देवी पुनले ५ वर्ष अगाडि एमालेका उमेद्वारलाई घरदैलोका क्रममा यही मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धता पूरा गरेको बताइन् ।
पुनले अहिले उमेद्वारी दिएका उमेद्वार पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।
उनले जात रंगभेद तथा पार्टीका आधारमाभन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन् । अझै पनि टोल विकासमा गर्नुपर्ने केही काम रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाइप सानो भएकाले ठूलो साइजको पाइप, सडकमा सोलर बत्ती, सिसी क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नती र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन् ।
स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिवद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए । बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफू पनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए ।
उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए ।
बानियाँले जित पश्चात् १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशीलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिवद्धता पूरा गर्ने विश्वास लिए । मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका प्रश्नमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे ।
यस्तै, जिल्ला कमिटी इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिवद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे ।
‘हाम्रो वडा, राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वसँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो । वडा नं १५ लाई महानगरका ३३ वटै वडामध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोबास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

